दफा ६८७
दायित्वबाट फुर्सद पाउनेः
दफा ६८५ मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको कुरा प्रमाणित गरेको अवस्थामा उत्पादकले दायित्व व्यहोर्नु पर्ने छैनः–
(क) निजले त्रुटिपूर्ण उत्पादनको उत्पादन, बिक्री वा वितरण नगरेको,
(ख) निजले उत्पादन, पैठारी वा बिक्री वितरण गरेको वस्तु वा सेवा उत्पादन, पैठारी वा बिक्री वितरण गर्दाका बखत त्रुटिपूर्ण नरहेको वा बिक्री वितरण भइसकेपछि त्रुटिपूर्ण भएको,
(ग) निजले उत्पादन गरेको वस्तु वा सेवा बिक्री, वितरणमा नरहेको वा बिक्री नगरिएको,
(घ) उत्पादित वस्तु वा सेवा उपभोग गर्दा पालना गर्नु पर्ने निर्देशन उपभोक्ताले पालना नगरेको कारणले क्षति भएको,
(ङ) उपभोक्ताले सही तरिकाबाट उत्पादन उपभोग नगरेको वा गर्न नहुने तरिकाबाट उपभोग गरेको कारणले क्षति भएको,
(च) वस्तु वा सेवा उत्पादन वा वितरण गर्दाको बखत त्यस्तो वस्तु वा सेवा त्रुटिपूर्ण थियो भन्ने वैज्ञानिक तथा प्राविधिक ज्ञान नरहेको,
(छ) जुन उत्पादनबाट क्षति भएको छ त्यस्तो उत्पादनको उचित तरिकाबाट उपयोग नगरेमा क्षति हुन सक्ने जानकारी बिक्री गर्दाका बखत गराएको,
(ज) हानि, नोक्सानी हुन्छ भन्ने थाहा हुँदाहुँदै वा थाहा हुनु पर्ने मनासिब कारण हुँदाहुँदै वस्तु वा सेवा उपभोग गरेको ।